उध्रेको चोली
यौन सम्पर्क राख्न सबैभन्दा राम्रो बिहीबार
यौन मानिसको आधारभूत चिज हो । बिश्वमा सबैभन्दा बढी चर्चा र खोज भएको छ भने यौनकै लागि भएका होलान् । मान्छेले सबैभन्दा चासो दिने पनि यसैमा रै'छ । यहाँले यो समाचारपनि यौनकै बिषयमा भएकाले पक्कै पढ्न हतारिनुभएको होला हगि ? हा--हा-- । कुरा महत्वपूर्ण छ । यौनसम्पर्कका लागि सबैभन्दा उत्तम बार कुन होला ? कहिले, कुन बेला र कुन दिन यौन सम्पर्क राख्दा सबैभन्दा बढी यौनसन्तुष्टी प्राप्त होला ? यस बिषयमा बिभिन्न समयमा बिभिन्न तथ्य, प्रतिवेदनहरु सार्वजनिक भएका छन् ।
यौनसम्पर्कका लागि बिहानी पखको समय सबैभन्दा उत्तम भएको तथ्य यसअघिनै सार्वजनिक भइसकेको छ ।
हालै यौन सम्पर्कका लागि बिहीबार सबैभन्दा राम्रो दिन भएको तथ्य सार्वजनिक भएको छ । लन्डन स्कूल अफ इकोनोमिक्सले हालै गरेको एक अध्ययनले यौनसम्पर्कका लागि सबैभन्दा उत्तम दिन बिहीबार रहेको तथ्य सार्वजनिक गरेको हो । अध्ययन अनुसार बिहीबारको दिनमा पुरुष र महिलाको सेक्स हर्मोन अरु बारको तुलनामा झन्डै पाँच गुना बढेको हुन्छ । जसका कारण पुरुष तथा महिलाले सो दिन यौन सम्पर्क राखेमा अरु बारेको तुलनामा पाँच गुना बढी आनन्द लिन सक्छन् । साताका प्रत्येक दिन कुनै खास कुराका लागि महत्वपूर्ण रहेका छन् । अध्ययन प्रतिवेदनमा भनिएको छ । तर अरु बारको तुलनामा मानव यौन जीवनका लागि सबैभन्दा र महत्वपूर्ण रहेको छ । यो दिन यौन सम्पर्क राख्ने जो कोहीले पनि चरम आनन्द प्राप्त गर्नेछन् ।

No comments:
Post a Comment